रोटरीले पर्यटन प्रबर्द्धनका लागि घण्टाघर बनाउने

भाद्र ५, चितवन । मानवीय र सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ रत्ननगरले चितवनको पर्यटकिय क्षेत्र सौराहामा घण्टाघर निर्माण गर्ने तयारी गरेको छ । रत्ननगर ७ सिसुवार चोकमा पार्कसहितको घण्टाघर निर्माण गर्न लागिएको हो । 

रोटरीले नगरपालिका र वडा कार्यालयमा घण्टाघर निर्माणको प्रस्ताव गरेको छ । रोटरीको प्रस्तावपछि त्यहाँका स्थानीयवासीले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको रोटरी क्लव अफ रत्ननगरका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए । नगरपालिका र वडा कार्यालयले अनुमति दिएको ४ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । संरक्षण नभएर खाली वसेको सार्वजनिक जग्गामा घण्टाघर निर्माण हुँदा स्थानीय समेत लाभान्वित हुने रोटरीका निवर्तमान अध्यक्ष पौडेलको दावी छ । 

३० फिट अग्लो बन्ने सो घण्टाघर वरिपरि उद्यान समेत निर्माण हुनेछ । रोटरीले यसअघि सिसुवारमै माझी मुसहरका लागि आवास समेत निर्माण गरिसकेको छ । रोटरी मुसहर भिलेजको नाम दिइएको सो वस्तीमा वाँकी रहेका घरहरु निर्माण गर्न आर्थिक संकलनको काम तीव्र रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । 

 मुसहर भिलेजमा १२ वटा घर निर्माण गरिएको थियो । क्लवका अध्यक्ष पोखरेलका अनुसार रोटरीले टिकौलीमा सार्वजनिक शौचालय, रत्ननगर उद्योग वाणिज्य संघ र शहिद स्मृती बहुमुखी क्याम्पसमा लाईव्रेरी निर्माण, कालिका नगरपालिकाको लटौलीमा लघुवित्त कार्यक्रम संचालन गरिसकेको छ ।  

रोटरीको वार्षिक कार्यक्रम अर्न्तगत यही भदौ ७ गते शनिवार वृहत रक्तदान कार्यक्रम समेत हुदैछ । रक्तदान कार्यक्रममा ३ सय पाउण्ड रगत संकलन गर्ने लक्ष्य लिइएको क्लवका अध्यक्ष पोखरेलले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *