टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर ‘स्वस्तिमा र प्रदीप’

भदौ ७, काठमाडौँ । टिभिएसले लोकप्रिय कलाकारद्वय स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.द्वारा स्वस्तिमा र प्रदीपलाई ब्राण्ड एम्बेसेडरको घोषणा गरेको हो । जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म – TVS SmartXonnect* छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो ।  

यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट CVTi-REVV 3 इन्जिन रहेको छ । ब्राण्ड एम्वेष्डर घोषणा कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ आर दिलिपले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेको मा नेपालमा सबैभन्दा तीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको बताए ।  

उनले स्वस्तिमा र प्रदीप देशका युवाहरुको रोजाईको कलाकार भएकोले कम्पनीले उनीहरुसँग सहकार्य गरेको जानकारी दिए । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा कम्पनी उत्साहित भएको बताए । यस्तै ब्राण्ड एम्बेष्डर घोषित अभिनेत्री स्वस्तिमा खड्काले टिभिएर एनकर्ट १२५ आफ्नो मनपर्ने स्कुटी रहेको बताइन् ‘टिभिएस मोटर कम्पनीसँगको मेरो यात्रा गत वर्षदेखि नै मजबुत भइरहेको छ । मेरो मनपर्ने सवारी टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर हुन पाउँदा अत्यन्तै प्रसन्न छु ।’ 

 उनले भनिन्–‘अन्य स्कुटर भन्दा यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै, नेभिगेशन एसिस्ट र कलर आईडी फंगशनले मोहित भएकी छु ।’ अर्का कलाकार प्रदीप खड्काले स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताउँदै युवाहरुको आँखै लोभ्याउने स्कुटर रहेको र यसको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन आफु उत्सुक रहेको बताए ।  

टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको CVTi-REVV 124.79cc, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल SOHC इन्जिन रहेको छ जसले 6.9kW@7500 rpm / 9.4 PS @7500 rpm र 10.5 Nm@5500 rpm टर्न गर्दछ । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्दछ र एक्जस्ट नोटमा साथ प्रति घण्टा ९५ किलो मिटरको उच्च गति दिन्छ । स्कुटरमा टिभिएस SmartXonnect*, ब्लुटुथ इनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ र गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टिभिएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्त रुप दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *