पत्रकार पुडासैनीको मृत्युमा आफ्नो नाम जोडिएपछी रेनु दाहालको आपत्ति

भाद्र ५, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सामाजिक संजालमा आफ्नो नाम मुछिएपछी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ती जनाएकी छिन् ।   

उनले बिहिबार एक प्रेश विज्ञप्ती जारी गर्दै  सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व  जोडेर सामाजिक संजालमा भ्रामक प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाएकी हुन्  ।   

मेयर दाहालले घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि अनुरोध गरेकी छिन् ।   

Image result for रेणु दाहाल

जारी गरिएको विज्ञप्तीमा सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको उल्लेख गरिएको छ । 

साउन २० गते चितवनको होटल  कंगारुमा आत्महत्या गरेका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको अरोपमा जनप्रिय संचारकर्मी रवी लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको थियो । 

लामिछाने पक्राउ परेपछी सामाजिक संजालमा रवी निर्दोश भएको र रबीलाई फसाउन रेनुले चाल खोलेको भन्दै गाली गलौज सहित बिभिन्न टिकाटिप्पणी आएपछी मेयर रेनुले प्रेश विज्ञप्ती जारी गरेकी हुन् ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *