रवि सहित तीनै जनालाई जिल्ला अदालत लगियो
मकालु खबर
२०७६ साउन ३१ गते
साउन ३१, चितवन । बिहिबार साँझ काठमाडौँबाट पक्राउ परेका चर्चित संचारकर्मी रबि लामिछाने सहित तीनै जनालाई जिल्ला अदालत लगिएको छ ।
११ बजे जिल्ला अदालत पेश गर्ने भनिएता पनि उनीलाई १२ बजे पछि म्याद थपका लागि जिल्ला अदालत लगिएको हो ।
रबिका समर्थकले जिल्ला प्रहरी कार्यालय आगाडी बिभिन्न नारा जुलुस गरेर बाधा उत्पन्न गरेपछी उनलाई प्रहरी कार्यालयकाे पछाडीकाे गेट प्रयोग गरेर जिल्ला अदालत लगिएको हो ।
लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाइ अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिइएकाे छ ।
अहिले उनको समर्थकले जिल्ला अदालतको गेट अगाडी बिभिन्न नाराबाजी गरिरहेका छन् ।
मकालु खबर
२०७६ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित