अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी
मकालु खबर
२०७६ भदौ ६ गते
भाद्र ६, चितवन । चितवनको राप्ती नगरपालिका ११ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
बिहिवार राती भएकाे आगजनीबाट वडा कार्यालय पुर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए । अज्ञात समूहले ढाेका फोरेर आगजनी गरिएको घटनाको प्रकृतिले देखाएको हुमागांइले बताए ।
वडा कार्यालय पहाडी भेगमा भएकाले घटनाको थप जानकारी आउन बाँकी नै छ ।
मकालु खबर
२०७६ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित