तात्यो प्रदेश १ को सार्वजनिक लेखा समितीः सडक मर्मत गुणस्तरहिन भएपछि थाल्यो अनुगमन
साउन १९, विराटनगर । महेन्द्र राजमार्ग अन्तर्गतको सडक मर्मत गुणस्तरहिन भएको गुनासो आएपछि प्रदेश नं. १ को सार्वजनिक लेखा समितिले अनुगमन गरेको छ ।
प्रदेश १ को संसदमा समेत कुरा उठेको र लिखित उजुरी परेपछि समितिले झण्डैँ चार महिनाअघि मर्मत गरिएको उक्त सडक अनुगमन गरेको हो ।
null
गत वैशाखमा महेन्द्र राजमार्ग अन्तर्गत इटहरीको बुढी खोलादेखि खोर्साने चोकसम्म मर्मत गरिएको थियो । तर, मर्मत गरेको १ महिना पनि बित्न नपाउँदै भत्किएपछि कामको गुणस्तरमा प्रश्न उठेको हो । यसको तीव्र आलोचना भएपछि लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाई नेतृत्वको टोलिले अनुगमन गरेको हो ।
उनुगमनपछि समितिका सभापति गन्गाईले भने, ‘सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि र लिखित उजुरी समेत परेपछि अनुगमन गरेका हौँ । वास्तवमै काम कमशल भएको जस्तो देखिएको छ ।’
अनुगमनका क्रममा अनुगमन टोलीसँग स्थानीयले अति नै व्यस्त रहने पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खाल्डाखुल्डी पर्दा दुर्घटनाको सम्भावना बढेको गुनासो गरेका थिए ।
निर्माण पक्षले भने बर्खाको समयमा कतिपय सडकको क्षेत्रमा पानी जमेर कालोपत्रे उप्किएको समिति समक्ष जानकारी गराएको थियो ।
अनुगनमा सार्वजनिक लेखा समितिका सदस्य तुलसी प्रसाद न्यौपाने, अम्बिका थापा, कुसुम श्रेष्ठ र प्रदेशसभाका सचिवलगायत सहभागी थिए ।