अमेरिकाको टेक्सासमा गोलि प्रहार, २० जनाको मृत्यु, २६ घाइते

श्रावन १९, वाशिङटन । अमेरिकाको टेक्ससस्थित अलपासोमा शनिबार गएराति गोलि प्रहार भएको छ । उक्त घटना नेपाली समयअनुसार गएराति भएको र गोली प्रहारबाट २० जनाको मृत्यु हुुनुका साथै २६ जना घाइते भएका छन् । 

गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासको एउटा भयानक दिन भनेका छन् । सो घटना सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको थियो । यो अमेरिका र मेक्सिकोको सीमाबाट केही माइल टाढा पर्छ । एक जना २१ वर्षीय युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा हिरासतमा लिइएको छ । 

 

null

अब्बोटले सो युवकलाई पक्राउ गरेकोमा प्रहरीको सराहना गरेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार शंकास्पद सो व्यक्तिको नाम प्याट्रिक क्रुसिअस हो । ऊ डल्लास क्षेत्रको एलेन नगरको बासिन्दा हो । जुन स्थान अल पासो क्षेत्रबाट १०४६ किमी पूर्वमा पर्दछ । 

सीसीटीभी क्यामेरामा डार्क टिशर्ट लगाएको सो युवकले एसल्ट खालको राइफल भिरेको छ । गभर्नर अब्बोटले पीडित र तिनका आफन्तको समर्थनमा सबै रहेको जनाएका छन् । सो बन्दुकधारीको बारेमा एफबीआइले अनुसन्धान गरिरहेको जनाइएको छ । उसको एउटा कागजातमा स्थानीय हिस्पानीक समुदायलाई लक्षित गरेको पाइएकोले सो बारेमा अध्ययन भइरहेको जनाइएको छ । 

आल पासो प्रहरी प्रमुख चिफ ग्रेगले स्थानीय समयअनुसार १०ः३९ बजे गोली प्रहार भएकोमा ६ मिनेट भित्रैमा त्यहाँ सुरक्षाकर्मी पुगेको जनाएका छन् । वालमार्टमा थुप्रै मानिसहरु थिए । अल पासोको प्रहरीले शुरुमा रगतको अभाव भएको भन्दै रक्तदानको आग्रह गरेको थियो । सो घटनाको बारेमा टिप्पणी गदैै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ज्यादै खराब भन्दै धेरै जना मारिएको बताएका छन् । 

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बेछो ओ रोर्केले आफनो लस भेगासको चुनावी अभियान स्थगन गरेका छन् । घटनाको शुरुमा कम्तिमा ११ जना मानिसलाई डेल सोल मेडिकल सेन्टरमा लगिएको जनाइएको थियो । सो सपिङ मलमा सार्प सुटरले गोली हानेको स्थानीय प्रहरीले जनाएको छ । सपिङ मल आसपासका अन्य विजनेश पनि गोलीकाण्डबाट त्रसित भएका थिए । (बीबीसी) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *