हङकङमा ‘आतंकवाद’ संकेत देखिएको भन्दै चेतावनी

 

साउन २८, चीन ।  चीनको केन्द्रीय सरकारले हङकङमा ‘आतंकवाद’ संकेत देखिएको भन्दै चेतावनी दिएको छ । आइतबार राति हङकङमा आन्दोलनकारीले पेट्रोल बम अत्यधिक प्रयोग गरेपछि केन्द्रीय सरकारको हङकङ तथा मकाउ मामिला हेर्ने स्टेट काउन्सिल अफिसका प्रवक्ताले सो चेतावनी दिएका हुन् । 

‘हङकङका उग्र आन्दोलनकारीले प्रहरीलाई आक्रमण गर्न बारम्बार अत्यन्त खतरनाक वस्तु प्रयोग गरिरहेका छन्, यो गम्भीर उपराधका रुप हुन् र यो आतङ्कवाद उत्पतिको पहिलो संकेत हो,’ प्रवक्ता याङ गुवाङले भनेका छन्, ‘हङकङमा निर्दयपूर्वक कानूनी शासन तथा सामाजिक व्यवस्थामाथि हमला भएको छ ।’ 

null

तिसिम शा तिसुइमा आइतबार पेट्रोल बमले हान्दा एक जना प्रहरीको दुई खुट्टा जलेको छ । छेङ शा वानमा अर्का एक अधिकृत बम प्रहारबाट घाइते भएका छन् । 

आन्दोलनकारीको गम्भीर आपराधिक आक्रमणको कडारुपमा भत्सर्ना गर्दैै याङले विशेष प्रशासनिक क्षेत्र (एसएआर)मा सामाजिक व्यवस्था तथा कानुनी शासनको रक्षार्थ ‘मेरुदण्ड’का रुपमा हङकङ प्रहरी होमिएको बताएका छन् । 

उनले भनेका छन्, ‘कानुन लागू गर्न, पूर्णरुको न्याशिक शासन कायम गर्न र कानुन उलङ्घन गर्नेलाई जतिसक्दो चाडो कानुनी दायरामा ल्याउन हामी हङकङ प्रहरी र त्यहाँका कानुनी अंगलाई दृढताकाथ सहयोग गर्छौं ।’ 

हङकङ संकटपूर्ण अवस्थामा रहेको बताउँदै उनले विशेष प्रशासनिक क्षेत्रको भविश्यको चिन्ता गर्नेलाई आपराधिक गतिविधि तथा आन्दोलनकारीलाई नकार्न आह्वान गरे । 

उनले भने, ‘हिंसा रोक्नु, अस्तव्यस्ताको अन्त्य गर्नु र कानुनी अवस्था पुनस्थापना गर्नु हङकङका लागि ठूलो दबाब एवं प्रमुख जिम्मेवारी भएको छ ।’ सोही दिन हङकङ विशेष प्राशासनिक क्षेत्रका लागि केन्द्र सरकारका सम्पर्क अधिकृतले पनि उक्त हिंसा र गैरकानुनी क्रियाकलापको कडारुपमा भत्र्सना गरेका थिए । 

कार्यालयले हङकङमा हिंसा विरुद्ध लड्न, अराजकतासँग जुध्न र व्यवस्था कायम गर्न कानुनी राज्यको तथा सामाजिक सुरक्षा स्थापनाका लागि हङकङ सरकार र प्रहरीलाई सम्पूर्ण समुदायले काम गर्नुपर्ने बताएका थिए । 

‘विश्वका कुनै पनि भागमा यस्ता भयावह र चरम हिंसाहरु असैह्य छन्, हङकङको सरकारी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदी हामीले चारैतिर छरिएको यस्ता आतंकवादी र हिंसात्मक कार्यमाथि आँखा चिम्लियौँ भने हङकङ खाडलमा जानेछ ।’ 

हङकङ प्रहरीले पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि सोमबारसम्म गैरकानुनी सम्मेलनमा सहभागी हुने, प्रहरीमाथि आक्रमणमा उत्रने र कार्यालय अवरुद्ध गर्नेे १४९ जनालाई पक्राउ गरेको जनाएको छ । 

आइतबार राति काउज वेमा गरिएको कारबाहीमा प्रहरीले लेजर गन, स्टिल बल र गुलेलीजस्ता गैरकानुनी हतियार ल्याइरहेको अवस्थामा १५ जना फेला पारेको थियो । उनीहरुले गैरकानुनी प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम आक्रमण गरेको बताएका थिए । 

प्रहरीले भनेको छ –पेट्रोल बमको प्रयोग आगजनी बराबर भएको र जसले बढीमा उनीहरुले जीवनभर जेल सजाय भोग्नुपर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *