को होला यस वर्षको ‘मिस टिन नेपाल’ ?

भदौ १३, काठमाडौँ । ‘मिस टिन नेपाल २०१९’ को अन्तिम प्रतियोगिता आज हुँदै छ । प्रतियोगितमा यसअघि भएको अडिसनमार्फत छानिएका १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरु प्रतिस्पर्धा गर्दै छन् ।   

दुई चरण पार गरि छानिएर आएका प्रतिस्पर्धीहरुलाई १८ दिनसम्म विभिन्न विधामा तालीम दिइएको र तालीम पश्चात आज हुने अन्तिम प्रतियोगितामा उनीहरुको प्रस्तुती र प्रतिभाका आधारमा ‘मिस टिन नेपाल २०१९’ को घोषणा हुने काठमाडौँ जेसीसका अध्यक्ष भुवनकुमार श्रेष्ठले जानकारी दिए । 

आज हुने फाइनल प्रतियोगिताको निर्णायकहरुमा जेसीसका पूर्वअध्यक्ष इन्द्ररत्न बज्राचार्य, कलाकारहरु प्रसान्त ताम्राकार, किष्ण मल्ल, पूर्व मिस नेपाल इभाना मानन्धर, राइट पाथ करिअर काउन्सिलिङका फिलिप डिसी र नयाँ पत्रिकाका आदित्य ठाकुर रहेका छन् ।   

प्रतियोगितामा विजेताका साथै विभिन्न टाइटल (मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस पपुलर, मिस डिसिप्लिन्ट, मिस इन्टेलिजेन्ट, मिस फोटोजेनिक, मिस अडिएन्स च्वाईस  र मिस ब्युटिफुल) विजेताहरु पनि घोषणा हुने छन् ।   

‘मिस टिन नेपाल २०१९’ को विजेताले भने आगामी ‘मिस नेपाल’ प्रतियोगितामा सहभागी हुन पाउने र अन्य उपविजेता र टाइटल विजेताहरुलाई विभिन्न अफरहरु रहेको आयोजक काठमाडौँ जेसिसले जनाएको छ ।   

नयाँ पत्रिकाको इन एसोसियसनमा हुने कार्यक्रमको टाइटल प्रायोजन राइट पाथ करिअर काउन्सिलिङले गरेको छ भने अफिसियल मिडिया मकालु खबर रहको छ । 

कर्यक्रमको सह–प्रायोजन रोयल पाल्म पोखरा, मिटभाना, थिङ्क अहेड एसीसीए र अल्ट त्रियसनले गरेका छन् भने थुप्रै मिडियाहरु पार्टनरका रुपमा रहेका छन् ।   

सन् २००२ देखि प्रत्येक वर्ष यस आयोजना हुँदै आएको ‘मिस टिन नेपाल’ प्रतियोगितालाई मिस नेपालपछिको चर्चित  र दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रुपम लिइन्छ । यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार सञ्चालन हुने आयोजकको दाबी छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *