चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

साउन २०, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । 

ड्रयागन एयरको विमानमार्फत् काठमाडौं अवतरण गरेका ली निङ्ग्सीलाई चार किलो सुनसहित आइतबार राति ११ बजे नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए । 

उनका अनुसार पहेँलो कपडामा बेरेर ल्याएको अवस्थामा सुन फेला परेको हो । 

null

सुनसहित पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *