केपी ओलीको फिल्म फ्लप भयो, तित्राजस्तो कराउनुभन्दा भ्रष्टाचारीलाई कारबाही गर्नुहोस: चन्द्र भण्डारी

भाद्र १४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको सुनाए ।   

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले भने ‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’ समाजलाई भड्काउनको लागि होली–वाईन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे ।   

‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाईन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाईयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’ उनले भने ।  

Image result for चन्द्र भण्डारी

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ । उनले भने,‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’ 

विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ । उनले भने,‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ । 

नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे । उनले भने,‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ ।’ उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए । ‘यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ । बोल्न डराउनुहुँदैन् । सेनापनि राज्यको संयन्त्र हो ।’ उनले भने ।   

उनले जनताका आवाज संसदमा त्यति उठ्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले यसरी गौहत्या भएको छ । तर, संसदमा यो कुरा उठेको छैन् । मुलकुको धर्म,संस्कृतिमाथि प्रहार गर्ने काम कतैबाट पनि गर्नुहुँदैन् ।’ 

भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गरे । ‘यो प्रणाली आफैंमा नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’ उनले वाईडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए । ‘जोसुकै होस, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि । किन कारबाही गर्न डराउनु ? तर, कारबाही निश्पक्ष हुनुपर्छ ।’ 

भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे । उनले भने,‘भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन । भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन् ।’ उनले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।   

आफ्नो पार्टीका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाईडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *