ऐनविपरीत नागरिकता दिनेलाई पनि कारवाही गरियोस्ः सांसद त्रिपाठी

 

साउन २१, काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रिपरिषद् बैठकले अवैधानिक नागरिकता खारेज गर्ने निर्णय गरेको सन्दर्भमा बोल्दै सांसद त्रिपाठीले नागरिकता दिलाउनेलाई पनि कारवाही गर्न माग गरेका हुन् । 

null

उनले नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन ? भन्दै प्रश्न गरे । 

‘नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? कति जनामाथि कारबाही भयो । ती आफैँ कहीँ बजारबाट किनेका नागरिकता होइन होला । प्रमाणपत्र दिने अधिकारीमाथि के–के कारबाही भयो । सदनमा जानकारी पाउन पाए हुन्थ्यो’, उनले भने । 

उनले यस बर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुन प्रभावित हुने देखिएको भन्दै बर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *