गुप्ता र डा. केसीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
भाद्र २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य अधिकृत र प्रशासक माथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौं टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।
कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसारको रकम भुक्तानी दिने बेलामा कमिशनबापत १ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएकोले उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अनुसन्धानको क्रममा गुप्ता र केसीको मिलोमतोमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएकाले मुद्धा दायर गरिएको पुष्टि भएको छ ।