राप्ती नगरपालिका-११ को वडा कार्यालयमा आगजनी
मकालु खबर
२०७६ भदौ ६ गते
भदौ ६, चितवन । चितवनको राप्ती नगरपालिका -११ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
बिहीबार राति गराइएको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नस्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले जानकारी दिए ।
अज्ञात समूहले ढोका फोरेर आगजनी गरिएको घटनाको प्रकृतिले देखाएको हुमागाईंले बताए । घटनाको विषयमा थप जानकारी आउन बाँकी नै छ ।
null
फाइल तस्बिर
मकालु खबर
२०७६ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित