रत्ननगरमा केरा प्रशोधन केन्द्रको संचालन
साउन २०, चितवन । चितवनको रत्ननगरमा निर्माण गरिएको केरा संकलन तथा प्रशोधन केन्द्रको सोमवार उद्घाटन गरिएको छ ।
रत्ननगर १४ पिठुवा स्थित मार्कण्डेय केरा उत्पादन सहकारी संस्थाले ३१ लाखको लागतमा निर्माण गरेको सो केन्द्रको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरे ।
null
सहकारी बजार बिकास कार्यक्रम मार्फत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको केरा जोन, रत्ननगर नगरपालिका र सहकारीको ३१ लाख ३४ हजार १५ रुपैँयाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष धु्रव ढुङ्गानाले जानकारी दिए ।
सहकारीले केराको प्रसोधन गरेपछि मात्रै प्याकिङ भएर बजार सम्म पुर्याईने सहकारीका सचिब बेद बहादुर भट्टराईले बताए । केन्द्रको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले केन्द्र संचालनले बिचौलियाले नाफा खाने देखि बारिमै केरा सडेर जाने समस्या केहि हद सम्मका लागि अन्त्य हुने विश्वास व्यक्त गरे ।
साबिकको पिठुवा हाल (रत्ननगर १४,१५ र १६) मा मात्रै बार्षिक १४ करोड मूल्य बराबरको केराको कारोबार हुँदै आएको छ । कार्यक्रममा चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो, रत्ननगर १४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठ, रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापा, केरा उत्पादक संघका निर्बतमान अध्यक्ष बिष्णुहरि पन्त, संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद सुबेदी, सहकारी बजार बिकास कार्यक्रमका संयोजक कृष्ण श्रेष्ठ , सहकारीका उपाध्यक्ष वुद्धि प्रसाद लामिछाने लगायतले मन्तव्य दिएका थिए ।