प्रधानमन्त्री सिंगापुर गएकै भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता

भाद्र ५, काठमाडौँ ।  शुक्रबार बिहान सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।   

प्रधानमन्त्री सिंगापुर गएकै भोलीपल्ट  प्रचण्ड निवास खुमलटारमा गरिएको भेटवार्तामा बिचमा केही समय सम्म नेता जनार्दन शर्माको पनि उपस्थिती रहेको उच्च स्रोतले जनाएको छ । 

प्रचण्ड र  नेपालबीचकाे वार्ता बिहान सातबजेदेखि सुरु भएर ९ः३०  बजे सम्म चलेको जानकारीमा आएको छ ।   

Image result for प्रचण्ड र नेपालबीच भेटवार्ता

बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले सिंगापुर जानु भन्दा अघी आफ्नो अनुपस्थितिमा पार्टीका सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिन प्रचण्डलाई अधिकार दिएका थिए ।   

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यकारी अधिकार दिएर  सिंगापुर गएको भोलिपल्टै प्रचण्डले सक्रियता देखाएको हो । 

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि दोस्रो पटक बिहिबार दिउँसो १ः३० बजे श्रीमती  राधिका शाक्यसँगै थाइ एयरको विमानबाट सिंगापुर प्रस्थान भएका थिए ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *