रविको बैंक खाता खोज्न प्रहरीले पठायो राष्ट्र बैंकलाई पत्र

भदौ ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार रवि लामिछानेसहित तीन जनाको बैंक खाता खोज्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।   

पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा खेपिरहेका रवि, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको बैंक खाता र सो खाताको विवरण माग्दै चितवन प्रहरीले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको हो ।   

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ । 

सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ । 

रविसहित तीनै जनाको बयान सकिएलगतै अहिले अदालतमा बहस चलिरहेको छ । कार्कीको हिजै बयान सकिएको थियो भने लामिछाने र कँडेलको बयान आज सकिएको हो ।   

शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रविसहित ३ जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेपछि गएको साउन ३० गते रविसहित कँडेल र कार्की पक्राउ परेका थिए ।   

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताए थिए ।   

उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *