विदेशी तेल ट्याङ्कर इरानी कब्जामा

 

साउन २०, इरान ।  तेहरान-इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । 

इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ । 

null

ट्याङ्करसहित यसका चालक दलका सात सदस्यलाई पनि इरानी पक्षले नियन्त्रणमा लिइ अनुसन्धान गरेको बताइएको छ । अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ । 

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट फिर्ता भएपछि अमेरिका इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ । जसका कारण अमेरिका र इरानबीचको सम्बन्धमा निकै तिक्तता देखिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *