बालुवाटारमा प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच के–के छलफल भयो ?

भाद्र ४, काठमाडौँ । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर र  प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।   

विदेशमन्त्री जयशंकर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर गरिएको भेटवार्तामा  दुई पक्षको बीचमा गम्भीर छलफल भएको हो ।   

नेपालस्थित भारतीय दूतावासका अनुसार भेटवार्तामा दुई देशबीचमा रहेको सम्बन्धलाई अझ कसरी प्रगाढ पार्ने जस्ता कुराको छलफल भएको छ ।   

नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकर सँग प्रधानमन्त्रीको आज बस्न लागेको बैठकमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफल भएको छ । 

आजको प्रधानमन्त्रीसँगको भेटवार्तामा विदेशमन्त्री जयशंकरले आज रातको ९ बजे मधेशवादी दलका नेताहरुसँग पनि भेटघाट गर्ने  कार्यक्रम रहेको बताईएको छ ।   

साथै भोली उपचारको लागि सिंगापुर जान लागेका प्रधानमन्त्रीको को स्वास्थ्य अवस्थाबारेपनी विदेशमन्त्री जयशंकरले जानकारी लिएका छन् ।   

बुधबार र बिहिबारको बैठकको लागि नेपाल आएका  विदेशमन्त्री जयशंकरले भाेली बिहान १०ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *