चीनमा लेकिमा आँधीः २८ जनाको मृत्यु, दश लाख विस्थापित
साउन २६, बेइजिङ । चीनमा लेकिमा आँधीका कारण २८ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
आँधीसँग आएको बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भएको हो । आँधीमा परी दश लाख मानिसहरु विस्थापित भएको र १० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।
शनिबार लेकिमा आँधीले वेनलिङ, ताइवान तथा चीनको वृत्तीय राजधानीको रुपमा परिचित सांघाइमा ठूलो क्षति पुर्याएको थियो ।
null
लेकिमालाई पहिला ‘सुपर टाइफून’ मानिएको थियो। तर भूमिमा प्रहार गर्नुअघि नै त्यसको शक्ति क्षीण भयो। त्यतिबेला उक्त आँधी १८७ किलोमिटर प्रतिघण्टाको वेगमा थियो।
शाङ्घाईमा रेल सेवा र एक हजारभन्दा बढी उडान स्थगित गरिएको छ। शाङ्घाईबाट दुई लाख पचास हजार तथा झेजियाङ प्रान्तबाट आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा झन्डै २७ लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
शिन्ह्वा समाचारसंस्थाका अनुसार लेकिमा यो वर्ष आएको नवौँ तथा धेरै वर्षमा आएको सर्वाधिक शक्तिशाली समुद्री आँधी हो।
चीनका मौसमविद्हरूका अनुसार अहिले सो समुद्री आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर जाँदैछ।
एक दिनअघि सो स्थानमा ६.० म्याग्निट्युडको भूकम्प आएको थियो। भूकम्पपछि अस्थिर जमिन र आँधीका कारण हुने ठूलो वर्षाका कारण पहिरोको जोखिम बढेको विज्ञहरूले औँल्याएका छन्।