राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल रोक्न कांग्रेसको माग

 

साउन २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र वितरणको काम रोक्न सरकारसँग माग गरेको छ । 

शुक्रबार संघीय संसदका राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसदहरुले यस्तो माग गरेका हुन् । 

null

बैठकको छलफलमा कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको भन्दै तत्काल स्थगित गर्न माग गरे । 

राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेको उनको दाबी छ । उनले विना टेण्डर सरकारले एक अर्ब ९ करोडमा परिचयपत्र छाप्न दिएको टेण्टर रद्द गर्नुपर्ने बताए । 

त्यस्तै अर्का कांग्रेस सांसद अमरेशकुमार सिंहले कानून नै नबनाइ कसरी राष्ट्रिय परिचयपत्र विवरण गरियो भनेर प्रश्न गरे । 

सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा सरकारले ‘केटाकेटीपन’ देखाएको आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *