शालिकरामको न्यायका लागि भन्दै भरतपुरमा युवाहरुको र्याली, रविका समर्थकहरु चितवन जाने क्रम जारी

साउन ३२, चितवन । पत्रकार शालिकराम पुडासैनीको न्याय र दोषीलाई कारबाहीको माग गर्दै चितवनको भरतपुरमा युवाहरुले र्याली निकालेका छन् । दोषीमाथि कडा भन्दा कडा कारबाही होस भन्दै विभिन्न नाराबाजीसहित युवाहरु सडकमा निक्लिएका हुन् ।   

यता पत्रकार पुडासैनीको मृत्यु प्रकरणपछि अनुसन्धानका लागि भन्दै थुनामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायतलाई विनासर्त रिहाई गर्नु पर्ने भन्दै रविका समर्थकहरुले हिजो (शुक्रबार) प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप नै भएको थियो ।  दर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको थियो भने   

झडपमा परी पाँच प्रहरी घाइते भएका थिए । उक्त झडपमा प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको थियो । 

आज (शनिबार) पनि रविका समर्थकहरु चितवन जाने क्रम जारी नै छ । जिल्ला अदालत चितवनले शुक्रबार रविसहित युराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।   

सोही अनुसार लामिछाने, कँडेल र कार्कीलाई अपराधसंहिता २०७४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ । अपराधसंहिता २०७४ को १८७ अनुसार कुनै अपराधका लागि दुरुत्साहन गरेको पाइए यसलाई फौजदारी कसुर मानिन्छ । 

ऐनको भाग २ को परिच्छेद १२ को धारा १८५ मा यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपेयाँ सम्म जरिवाना गर्ने उल्लेख छ । 

फाइल तस्बिर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *