युवा आफैँले पुरे सडकका खाल्डाखुल्डी

 

साउन २६, विराटनगर । यूवाहरुको एक समूहले विराटनगर–रंगेली सडक खण्डमा परेको खाल्डाखुल्डी पुरेको छ । 

विराटनगर–रंगेली– हुलाकी सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका १ र २ नम्बर वार्डमा पर्ने सडक क्षेत्रमा युवाहरुको समूहले खाल्डाखुल्डी पुरेको हो । 

null

परिवर्तनका लागि हातेमालो संस्थामा आबद्ध कटहरीका युवाहरुको समूहले स्थानिय सिंघीया खोला पुल किनारको सडकसहित कुकुर पुला छेउ र आसपासका कालोपत्रे सडकमा परेका खाल्डाखुल्डी पुरेका हुन् । 

सडकको बीचमै खाल्डाखुल्डी परेका कारण दिनहुँ दुर्घटना हुँदै आए पनि सम्बन्धित निकायले ध्यान नदिएपछि संस्था आबद्ध युवाहरुको सक्रियतामा खाल्डाखुल्डी पुरिएको आयोजक संस्थाका केन्द्रीय अध्यक्ष बिनोद चहारले बताए । 

खाल्डाखुल्डी पुर्न २ दर्जन बढी युवायुवतीहरुले श्रमदान गरेको उनले जानकारी दिए । युवाहरुको अभियानमा प्रहरीले समेत सहयोग गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *