चर्चित अभिनेत्री श्रीदेवीका बारेमा थाहा नभएकाे केही रहस्य
साउन २९, भारत । ‘रुपकी रानी’ श्रीदेवीको जन्म सन् १९६३ अगस्ट १३ मा भएको थियो । भने कार्डियक अरेस्टका कारण सन् २०१८ फेव्रअरी २४ मा उनको निधन भएको थियो ।
मिजासिलो बानी र उत्कृष्ट अभिनयका कारण सबैको मन मस्तिष्कमा बस्न सफल भएकी श्रीदेवीका जीवनका धेरै चाखलाग्दा कुराहरु छन् ।
null
४ वर्षमा शुरु गरेकी थिइन् करियरश्रीदेवीको पूरा नाम श्रीअम्मा अंगर अय्यपन थियो । उनले सिल्भर स्क्रिनको लागि आफ्नो नाम बदलेर श्रीदेवी राखेकी थिइन् । बाल कलाकारको रुपमा बलिउडमा पाइला टेकेकी श्रीदेवीले आफ्नो जीवनको अन्तिम क्षणसम्म बलिउडमा नै जोडिइरहिन् ।
फिल्मको लागि उनले पढाइ छोडिन् । तामिल र तेलुगु जस्ता भाषामा पोख्त श्रीदेवीलाई हिन्दी भाषा बोल्न आउँदैन थियो । विस्तारै उनी धेरै भाषामा पोख्त भइन् । र उनले थुप्रै फिल्म खेलिन् तर उनलाई ‘हिम्मतवाला’ फिल्मले चर्चामा पुर्यायो ।
उनको नाम फिल्म क्षेत्रका मिथुन दासँग जोडियो । विभिन्न मिडियाहरुले उनीहरुको विवाह समेत भइसकेको हल्ला फैलाए । केहि समयमानै उनीहरु अलग्गिएको खबर आउनेवित्तिकै बोनी कपूरसँग विवाह गरिन् । त्यसपछि उनले सन् १९९७ मा फिल्मबाट टाढिएको घोषणा गरेकी भएपनि उनी पुनः बाध्यतावश सन् २०१२ मा फिल्म ‘इंग्लिश विंग्लिश’ मा काम गरिन् ।
उनका आफन्तका अनुसार बोनी कपूरलाई एउटा प्रोजेक्टमा निकै ठूलो घाटा भएपछि ऋण चुक्ता गर्नको लागि श्रीदेवीले वाध्यतामा बलिउड प्रवेश गरेकी थिइन् । एजेन्सी