उद्योगमा आगलागी, ६५ लाख बराबरको क्षति
मकालु खबर
२०७६ साउन ३२ गते
साउन ३२, दाङ । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । ‘मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो, उनले भने ।
विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।
मकालु खबर
२०७६ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित