डाउनटाउनबाट ८ लाख बढी नागदसहित १२ जुवाडे पक्राउ

 

साउन २४, ललितपुर । महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार करिब राती ८ः३० बजेको समयमा एक दर्जनभन्दा बढी जुवाडेहरुहरुलाई धापाखेलस्थित डाउन टाउन हाउजिङ्गबाट खेल्दाखेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । 

डाउनटाउनको १० औं फ्ल्याटको रुम नम्बर ५१० मा कौडा खेलिरहेको अवस्थामा आठ लाख ४० हजार नगद र १६ थान कौडासहित १२ जुवाडेहरुलाई पक्राउ गरिएको सातदोबाटो प्रहरी वृत्तले जानकारी गराएका छन् । 

null

पक्राउ पर्ने जुवाडेहरुमा शैलेश महर्जन, प्रकाश महर्जन, किशोर देसार, विनोद अवाले, विकेश बज्राचार्य, विजय शाक्य, रमेश महर्जन र रन्जित महर्जन रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *