केन्द्रमा अधिवेशन गर्न नसक्ने कति सभापति छन् ? तिनलाई किन नहटाएको?

१. नेपाली जनता र ब्यावसायीहरु करको चरम मारमा परेका छन्। मुल्यबृद्धि आकासिएको छ। किसानका समस्या दिनानु दिन बिकराल बन्दै गएको छ । भ्रष्टाचार संस्थागत ढंगले अगाडी बढीरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो वाईडबडी प्रकरण। जनताले शुसासनको कत्ति पनि अनुभुती गर्न पाएका छैनन् । सरकार आर्थिक,सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको छ। 

यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ। देशको अर्थतन्त्र ओरालो लागिरहेको छ। प्रधानमन्त्रीज्युले आर्थीक बृद्धि दर ७.५ छ भन्नुभएको छ। तर बास्तविक ६.५ मात्रै छ। सरकार झुटमाथि झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउँन सकिरहेका छैनौं। 

२. महिला र पुरुषका बिचमा नागरिकताको समान हक हुने कि नहुने ? नेपाली नागरिकसँग बिहे गरेर आएका बिदेसी महिला वा पुरुषलाई कहिले नागरिकता दिने ? आमाको नामबाट नागरिकता दिने कि नदिने ? बिदेसीलाई यसरी नागरिकता दिंदा कसरी राष्ट्रिय सुरक्षामा कसरी आँच आउँछ ? के यसले राष्ट्रियतामा खतरामा पर्छ ? नागरिकताका सवालमा बिभेद नगरौं। २०७५ सम्म बिदेसबाट बिहे गरेर आएका महिलाको संख्या ४ लाखको हाराहारीमा छ। गृहमन्त्रालयको रिपोर्ट हेर्ने हो भने २०६४ मा सरकारले २६ लाख ७० हजार नागरिकता बितरण गर्यो। बंसजको आधारमा हिमाल र पहाडमा १३ लाख र तराई—मधेसमा १२ लाखले पाए। १ लाख ७० हजारले जन्मसिद्धको आधारमा नागरिकता पाए। 

नागरिकताका सवालमा अन्तरिम संबिधानमा जे छ त्यसैमा कांग्रेस अड्नुपर्छ। 

३. सरकारले सर्वदलिय बैठक बोलाएर गणतन्त्र,संघियता,धर्म निरपेक्षता र समावेसीता माथी पुर्व राजा र बिप्लव समुहबाट खतरा छ भन्यो तर यिनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाटै खतरा छ भन्ने कुरा बुझ्न जरुरी छ। 

४. न्यायलयमाथि जनताको बिस्वास घटेको छ। सडकबाटै न्याए माग्न थालिएको छ। लोकतन्त्रको लागि अत्यन्तै खतराको संकेत हो। 

५. पार्टीबाट स्थानिय तहमा निर्वा्चित प्रतिनिधिहरु र पार्टीका बिचमा समन्वय पटक्कै छैन। समय सकिएका सबै भात्रृ संगठनहरुको बिधान अनुसार अधिवेशन गरिनुपर्छ। बिपी कोईराला ४५ बर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापति शेरबहादुर देउवाजी ४९/५० बर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेबिसंघमा बिधानले तोके अनुसार ३२ बर्ष भन्दा मुनीका लाई ल्याउँन हामीलाई कसले रोक्यो? 

६. महिला संघ डडेल्धुराकी सभापतिलाई स्पष्टीकरण पनि नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाईयो। यसले पार्टीलाई कमजोर बनाउँछ।पार्टीमा गलत नजिर नबसाऔं। केन्द्रमा यसरी अधिवेशन गर्न नसक्ने कति सभापती छन् ? तिनलाई किन नहटाएको? 

७. जुन बिषयमा मैले नोट अफ डिसेन्ट लेखेको छु त्यो मेरो मुद्दा हो र यसलाई कार्यकर्ता साथीहरु माझ र महाधिवेसन सम्म लैजान्छु। यो बिचारको लडाई हो। 

८. यही केन्द्रिय समितिमा मलाई र डा शशांकलाई लक्षित गरेर “ब्यावसाय गर्ने अनी बुवा—आमा—काकाको बिरासतमा राजनीति गर्ने” भनेर भनियो। यसले मलाई दुखी बनाएको छ। म त चाहन्छु केन्द्रिय समितिका साथीहरु पनी केही न केही ब्यावसाय गर्नोस र नेबिसंघ लगायत पार्टीको सबै तहका क्रियाशिल साथीहरुलाई पनी आत्मनिर्भर र स्वावलम्बनको बाटोमा लैजाऔं। 

निरंकुश पंचायतका बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटक—पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं। निरंकुशता बिरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंतिमा उभिएका छौं। आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कति जना कहाँ हुनुहुन्थ्यो ? हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होईनौं। 

९. धर्मका सवालमा हामी संवेदनशिल हुन जरुरी छ। राष्ट्रिय जनावर गाई काट्न पाईदैन भन्नु गलत हो ? होलीवाईनको बिरोध गर्ने तर संबिधानमा लेखिएको— “प्रलोभनमा धर्म परिबर्तन गर्न पाईदैन” भन्नु गलत हो ? पार्टीको १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको बिषय चर्को रुपले उठ्छ। यसलाई कसरी ब्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ। 

२०७६ भाद्र १३ गते नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रिय सदस्य डा शेखर कोइरालाले राखेकाे मन्तब्यको सम्पादित अंश। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *