उत्तर कोरियाले चोर्‍यो दुई खर्ब रुपैयाँ

 

साउन २२ ।  उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा भनिएको छ । 

संयुक्त राष्ट्रको एक लिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु र क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर (दुई खर्ब रुपैयाँ) चोरेको छ । 

null

स्रोतले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र विशेषज्ञको एउटा समूह उत्तर कोरियाको कम्तिमा ३५ यस्ता साइबर हमलाको अनुसन्धान गरिरहेको बारे पुष्टि गरेको छ । 

उत्तर कोरियाले मंगलबार दुई मिसाइलको परीक्षण गर्‍यो । यो पछिल्लो दुई हप्तामा चौथो परीक्षण हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *