पूर्व एमालेका नेता जान नचाहने पेरिसडाँडामा किन गए योगेश भट्टराई ?

 

साउन १६, काठमाडौं । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकतापछि सामसून्न छ, तत्कालिन माओवादी केन्द्रको कार्यालय रहेको स्थान पेरिसडाँडा । पार्टी नेतृत्वको कुुर्सीमा धूलो जमेको छ । 

धुमबाराही नेकपाको मुख्य कार्यालय हो भने पेरिसडाँडा सहायक कार्यालय । पेरिडाँडा कार्यालयमा प्रचण्ड आकलझुकल पुगेका हुन्छन् भने अर्का अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म गएकै छैनन् । प्रधानमन्त्रीमा बहाल रहेका ओली तत्कालिन नेकपा एमालेको कार्यालय रहेको धुम्बाराहीस्थित पार्टी कार्यालयमा मात्र जाने गर्छन् । एकतापछि पार्टीका बैठकहरु पेरिसडाँडा कार्यालयमा बसेकै छैन । 

null

पार्टी एकता भएयता नेकपाले पहिलो पटक गत फागुनमा ‘जनयुद्ध’ दिवस समेत धुम्बाराही कार्यालयमै मनाएको थियो । पार्टी एकता भएपनि ओली जनयुद्धलाई स्वीकार्न सक्दैनथे । त्यसैले पेरिसडाँडा कार्यालयमा जाने गरेका थिएनन् । तर बाहिर देखाउनकै लागि भएपनि एकताको सन्देश दिनुपर्ने बाध्यताका कारण धुमबाराहीमै जनयुद्ध कार्यक्रम राखियो । ओली त्यहाँ पनि गएनन् । ओली नगएपनि अरु पूर्वएमाले नेताहरु पहिलोपल्ट ‘जनयुद्ध दिवस’ को श्रद्धाञ्जली सभामा सरिक त भए, तर मुख्य लिडर ओली नजाँदा पार्टीका सबै नेता कार्यकर्ताले खल्लो महसुश गरे । विषेशगरी पूर्व माओवादी खेमाका नेता कार्यकर्ताका मुख अमिलो भए । 

२०५२ साल फागुनमा नेकपा माओवादीले तत्कालीन राज्यसत्ताविरुद्ध हिंसात्मक सघर्ष थाल्यो । ‘माओवादी जनयुद्ध’ नाम दिएको हतियारबन्द आन्दोलन २०६३ विसर्जन भयो । २०७५ जेठ ३ गते नेकपा एमालेसँग विधिवत पार्टी एकता गरेपछि माओवादी नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ इतिहासको कित्तामा उभिन पुगेको हो । 

दुवै पार्र्टी एकै भएपनि राजनीतिक हिसाबले धुमबाराही कार्यालय भन्दा तत्तकालिन माओवादीको पेरिसडाँडा कार्यालय, जनयुद्ध दिवस मनाउन होस् वा सहिदलाई सम्झन विशेष अर्थपुर्ण हुन्छ । तर ओली पेरिसडाँडा कार्यालय नजाने भएपछि धुम्बाराहीमै कार्यक्रम राखिएको थियो तर उनी गएनन् । कुनै समय जनयुद्ध दिवस मनाउँदा माओवादीले खुलामञ्चमा ‘मानव सागर’ उताथ्र्यो । समयक्रमसँगै नेकपा माओवादी केन्द्रमा होस्, या एकतापछि नेकपामा जनयुद्ध भुलिँदै गयो । जसकारण ‘जनयुद्ध’ का उपलब्धि संकटमा पर्दै गएको गुनासो बढ्न थालेको छ । 

तर पछिल्लो समय बिहीबार पेरिसडाँडामा फरक दृष्य देखियो । एमालेका शीर्षदेखि तल्ला तहका नेताहरुले उपेक्षा गर्दै आएका ‘जनयुद्ध’ तथा माओवादी आन्दोलनलाई नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विशेष महत्व दिए । उनले मन्त्रीमा नियुक्त भएको भोलीपल्टै बिहान तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । 

नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित भट्टराईले जनयुद्धका सहिद तथा बेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे । 

यसअघि तत्कालिन माओवादी केन्द्र खेमाकै अरु मन्त्रीहरुले समेत त्यसो गरेका थिएनन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा बेपत्ताहरूको स्मरण गर्ने भट्टराई पहिलो मन्त्री हुन् । यसरी भट्टराईले सिंगो पार्टीले भुल्न लागेको जनयुद्धलाई स्मरण गराउँदै पार्टी एकताको गतिलो सन्देश समेत दिए । उनले भने, ‘नेकपालाई अहिलेको स्थानसम्म पु¥याउन जनयुद्धका सहिद तथा बेपत्ताहरुको अत्यन्तै ठुलो योगदान रहेको छ ।’ 

एकताको १४ महिनामा बल्त तल्ल पार्टी एकताले पुर्णता पाउँदा तत्कालिन एमाले र माआजादीबीच धेरै मतभिन्नता देखिएको छ । बैचारिक रुपमा तथा पार्टीको कार्यदिशाका विषयमा दुई पक्षले आ–आफ्नो अडान लिँदा यस विषयमा पार्टीले स्पष्ट धारणा अझै बनाउन सकेको छैन । यस्तो अवस्थामा मन्त्री भट्टराईले जनयुद्धका सहिद तथा बेपत्ताहरुको स्मरण गर्न पेरिसडाँडा पुगेपछि पूर्व नेकपा केन्द्रका नेता कार्याकर्ताले पूर्व एमालेका नेताहरु पनि जनयुद्धप्रति सकारात्मक रहेछन् भन्ने महशुस गरेका छन् । 

गत वर्षको असोज १७ गते तालमेल र चुनावी गठनबन्धनको घोषणा र जेठ ३ गते पार्टी एकतापछि सघर्षका अलग कित्ताबाट आएका यी दुई शक्ति पार्टी कार्यालयको एउटै छानामुनि त छन् । तर, दुईबीचका अन्तरविरोध किनारा नलागेको अवस्थामा पूर्व एमालेका नेता मन्त्री हुनासाथ पूर्व माओवादीको ऐजेण्डामा समथर्न र सहभागिता जनाउनुले पार्टी एकताको गतिलो सन्देश प्रवाह भएको छ । 

ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो । रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका थिए । 

भट्टराईले बुधबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै सिंहदरबार आएर पदभार सम्हालिसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *