रवी र कँडेल धरौटीमा रिहा भएः अस्मिता भने तारेखमा रिहा

भाद्र ९, चितवन ।  नुवाकोटको पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा  पक्राउ परेका प्रतिवादी संचारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटीमा रिहा भएका छन् ।   

सोही प्रकरणमा पक्राउ परेका अर्का प्रतिवादी रुकु भन्ने अस्मिता कार्की भने  साधरण तारेखमा रिहा भएकी छिन् ।   

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासद्वारा  प्रतिवादी तीनै जनालाई  उक्त आदेस जारी गरिएको हो ।   

न्यायधीश हेमन्त रावलको इजलासले लामीछानेलाई पाँच लाख धरौटी र कँडेललाई तीन लाख धरौतीमा रिहा गरिएकाे हाे ।   

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । 

आईतबार देखी सुरु भएको बयान सोमबार दिउँसो  सकिए लगतै तीनै जनाको चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि चलिरहेको थुनछेक बहस चलेको थियो । बहस सकिएपछी  न्यायधीश  रावलको इजलासले यस्तो आदेश दिएको हो ।   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *