एनआईसी एशिया बैकको नयाँ सुपर चमत्कारी योजना

भाद्र १३, धरान । “बैक पनि साथी पनि राम्रो पनि हाम्रो पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एन आई सी एशिया बैंकले आफनो २२ औं बार्षिक उत्सवको अवसरमा नयाँ चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । 

बैकको धरान शाखाले सोही योजनाबारे आज शूक्रबार धरानमा पत्रकार सम्मेलन मार्फत सो कुरा जानकरी गराएको हो ।   

सम्मेलनमा बैंंकका धरान शाखा म्यानेजर दिवाकर भट्टराईले सबै तह तथा तप्काका ग्राहकहरुलाई ध्यानमा राखी उपयुक्त सुपर चमत्कारी बचत खाता, सुपर चमत्कारी नारी बचत खाता, सुपर चमत्कारीक जेष्ठ नागरीक बचत खाता ल्याइएको बताए । 

यसैगरी बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, बैदेशीक रोजगार खाता, उद्यमसिल खाता, तलब खाताको सुविधा लगायतले आमा जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ । 

निक्षेप योजनाहरुमा ग्राहकहरुले आफु तथा आफनो परिबारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुबिधा समेत प्राप्त गर्नेछन् । 

जसमा परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घनाबाट मृत्यु वा पुर्ण अशक्तताका लागी १ करोड सम्मको सुविधा छ भने,  परिबारका लागी १ लाख ५० हजार सम्मको औषधी विमा सुबिधा समेत छ । बैंकले सुपर चमत्कारी बचत योजना अन्र्तगत ग्राहकहरुले देशभरीका कुनैपनि बैकको कुनैपनि एटीएमबाट निःशुल्क रुपमा रकम समेत झिक्न सक्नेछन ।   

साथै कर्जामा समेत बिशेष छुटका साथ घरमै बैंकिङ सुविधा प्राप्त गर्न सक्नुका साथै निःशुल्क डिम्याट खाता, निःशुल्क ई कमर्श एक्टिभेसन तथा लक सेवा सुबिधा पनि लिन सक्नेछन् ।   

यसैगरी अनलाईन मुद्दती खाताको सुविधाका साथै निःशुल्क क्रेडिट कार्डको सुबिधा समेत सो योजनामा समेटिएको छ । यसका अलावा स्लीप ईन र स्लीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताको सुविधाहरु समेत पाईने बैकले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *