इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ६१ जनाको मृत्यु

 

साउन २६, दारेसलाम । तान्जानियामा इन्धनको ट्यांकर विस्फोट हुँदा ६१ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । 

राजधानीको दारेसलामबाट १७५ किमी पश्चिम मोरोगोरो भन्ने स्थानमा ट्यांकर विस्फोट हुँदा ६१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

null

प्रत्यक्षदर्शीका अनुसार इन्धन बोकेको गाडी मासाम्भु बस स्टेशनमा मोटरसाइकललाई छल्न खोज्दा पल्टेको हो । 

इन्धनको गाडी चुहिन थालेपछि थुप्रै मान्छे त्यसबाट चुहिएको इन्धन थाप्न गएका थिए । तर, दुर्घटनाको २० मिनेट पछि पल्टेको सो गाडीमा विस्फोट भएको थियो । त्यतिबेला आसपासमा १५० जना मानिस रहेको प्रत्यक्ष्यदर्शीले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *