पाँच वर्षीया बालिकाले भनिन्–मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु

काठमाडौं, २२ साउन । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ । 

भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । 

रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’ 

null

 

उनकी आमा उषा पुन मगरले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन । छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । 

मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागि सरकार नै लाग्नुपर्ने बताए । मियुङ्ग पुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पचास लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे । 

कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे । उनले भने,‘सबैको सहयोगका लागि आग्रह गर्छौं ।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे । 

मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकीका सांयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन । उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन् । 

समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे । बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *