बाबुको घुस लिन जाने छोरा पक्राउ

 

साउन २८, जनकपुर । महोत्तरी भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यका छोरा घुस रकम सहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई घुस रकम सहित पक्राउ गरेको हो । 

null

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै डेढ लाख घुस सहित  मुकेशलाइ रंगेहात पक्राउ गरेको हो । 

भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रकम मध्ये वडा सदस्य कारीले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेका थिए । 

उनको छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई पक्राउ गरेको अख्यिारले जनाएको छ । 

अख्तियारका अनुसार सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहको मेलेमतोमा मुकेशलाइ लिन पठाएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *