६ बालबालिकाको डुबेर मृत्यु

 

साउन २३, चीन ।  चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा ६ जना बालबालिकाको डुबेर ज्यान गएको छ । 

उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ । 

null

यतिखेर केही दिन यतादेखि चीनमा गर्मी बढेको कारण विद्यालय बन्द गरिएको छ । यही गर्मी र छुट्टीको समय पारेर विद्यार्थीहरु पौडी खेल्न स्थानीय खेला तथा पोखरीमा जाने गर्दछन् । यसकारण पनि यहाँका बालबालिकाको ज्यान जाने गरेको छ । 

स्थानीय नागरिकहरुले आफ्ना बालबालिकालाई स्थानीय खोला र पोखरीहरुमा पौडी खेल्न जान नदिन सूचना गर्ने गरेका भए पनि बालबालिका भने जाने गरेको र यस कारण उनीहरुको ज्यान जाने गरेको बताइन्छ । बुधबार रातिको दुर्घटनामा परी ज्यान गएका बालबालिका ५ देखि १२ वर्षको उमेरका छन् । उनीहरु तीन परिवारका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *