रौतहटबाट विप्लव समूहका ४ कार्यकर्ता पक्राउ

 

साउन १६, रौतहट । रौतहटबाट प्रतिबन्धित विप्लव नेकपाका ४ कार्यकर्ता पक्राउ परेका छन् । 

जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिकाको तीन नम्बर वडा कार्यालय आगजनी गरेको आरोपमा रौतहटमा प्रहरीले विप्लव समूहका ४ जना कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ । 

null

आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली समते बरामद भएको बताइएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आजै दिउँसो सार्वजनिक गर्ने तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *