रारामार्टले ल्यायो अनलाईन हाटबजार, शुक्रबार ‘सपिङ्ग–डे’

 

साउन २४, काठमाडौं । नेपालीहरुको अगुवाईमा जापानबाट शुरुभएको रारामार्ट अनलाईन सपिङ्ग ब्राण्डले नेपालमा समेत आफ्नो सेवा प्रारम्भ गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रारामार्ट नेपालले एक अनौठो कार्यक्रमको घोषणा गरेको छ । अबदेखी हरेक शुक्रबारलाई अनलाईन हाटबजारका रुपमा भारी छुटमा सामानहरु बिक्री गरिने गरी ‘रारा फ्राईडे’ सार्वजानिक गरिएको छ । 

नेपालमा भौतिक रुपमा हाट बजार रहेपनि अनलाईनमा हाट बजार सुरु गरिएको भने यो पहिलो पटक हो । कुनै ठाउँ बिशेषमा भौतिक रुपमा हाट बजार लागेपनि सबै उपभोक्ताहरुलाई उक्त ठाउँमा पुगेर सामान किन्न असम्भव हुनेहुँदा रारामार्टले ईन्टरनेटको माध्यमबाट सबैलाई पहुँच पुर्याउन यस्तो कन्सेप्ट सुरुगरेको आयोजकहरुले बताएका छन । रारा फ्राईडे आज देखी हरेक हप्ता शुक्रबार राति १२ः०० बजेदेखी २४ः०० बजेसम्म रहने छ । आयोजकहरुका अनुसार भोली शुक्रबार रारा फ्राईडेमा तीज बिशेष बस्तुहरु न्यूनतम् ५० प्रतिशत छुटमा बिक्री हुनेछ । 

null

कार्यक्रममा रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले रारा फ्राईडे मार्फत नेपालमा हरेक शुक्रबारलाई सपिङ्ग–डेका रुपमा बिकाश गर्न लागिएको बताए । ‘रारा फ्राईडे मार्फत नेपाली उपभोक्ताहरुले सस्तो मुल्यमा सामानहरु पाउने र बिक्रेताले पनि स्टक क्लियरिङ्गका लागी ठुलो परिमाणमा बिक्री बितरण गर्न सक्नेछन्’ कम्पनीका अध्यक्ष पाण्डेले भने । 

कम्पनीका अध्यक्ष पाण्डेले पहिलो पटक रारामार्टले काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरेको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ । 

रारामार्टले आफ्नो वेभसाईटबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारको निशुल्क स्वास्थ्य उपचार दिने पनि घोषणा गरेको छ । रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । 

रारामार्ट नेपालका कार्यकारी निर्देशक डा. जीवन अम्गाईका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो । उनका अनुसार ग्राहकले आफुले चाहेको जुनसुकै अस्पतालमा गएर उपचार गरेपनि आफ्नो बीमाको परिधी भित्र रहेर आफ्नो परिवारको लागी स्वास्थ्य उपचार खर्च प्राप्त गर्न सक्नेछन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *