घुस रकम सहित मालपोत कार्यालयका कर्मचारी रंगेहात पक्राउ
मकालु खबर
२०७६ भदौ १२ गते
भाद्र १२, बुटवल । मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बुटवलका अख्तियार प्रवक्ता सुरेश भुसालका अनुसार उनीहरुले सेवाग्राहीलाई नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।
पक्राउ परेका खरिदार र लेखापढी व्यवसायीमाथी थप अनुसन्धान भईरहेको प्रवक्ता भुसालले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित