अस्ट्रेलियामा कार दुर्घटना गर्ने भट्टराई विमास्थलबाट पक्राउ

  

 

साउन १८, अष्ट्रेलिया । आईतबार अस्ट्रेलियामा कार दुर्घटना गराउने आरोपीलाई  नेपाली सिड्नी विमानस्थलबाट प्रहरीले पक्राउ गरेकाे छ । 

null

सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको तीब्र गतिमा रहेको कार सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि कार पल्टिएर दुर्घटना भएको थियो । 

उक्त दुर्घटनामा परी अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको थियो । 

शुक्रबार साँझ उक्त दुर्घटना गराउने कार चालक २२ वर्षीय सागर भट्टराईलाई अष्ट्रेलिया छाडेर भाग्ने क्रममा न्यू साउथ वेल्सका प्रहरीले पक्राउ गरेको अष्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्। 

तीब्र गतिमा कार हाकेका कारण दुईजनाको मृत्यु भएको आरोप लागेका भट्टराईलाई आगामी २७ सेप्टेम्बरमा क्वीबियान अदालतमा पेश गरिनेछ। त्यसबेला सम्म उनी प्रहरी हिरासतमै हुने बताईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *