मन्त्रालयका विवादास्पद कुरा सार्वजनिक गर्छुः योगेश भट्टराई

 

साउन १६, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयका विवादास्पद कुराहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । 

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयका विवादास्पद प्रकरणहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । 

null

‘अबको केही दिनमा मन्त्रालयका कामकारबाही र त्यहाँका वाइडबडी प्रकरण लगायतका विवादास्पद विषयहरु सार्वजनिक गर्ने कोशिस गर्नेछु । कतिपय हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई बताउँछु ।’ 

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री भट्टराईले आफू असफल भएको महशुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *