‘सरकारको लापरवाहीका कारण मेरो भाइको मृत्यु भयो’

भदौ १२, काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै उजूरी गर्ने बताएको छ ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विष्टको परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाको लापरवाहीले गर्दा मृत्यु भएको आरोप लगाउँदै उजुरी गर्ने बताएको हो ।   

पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले रुँदै भनिन्, ‘मेरो भाईको निधन राज्यको निकाय देखि पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले छ । यसको निष्पक्ष छानविन हुनुपर्छ ।’   

उनी ठमेलमा स्थित हिमालयन स्क्रिट ट्रेकबाट आफ्नो विदेशी साथीसँग सगरमाथा अरोहणमा गएका थिए । सगरमाथा आरोहणको क्रममा २०७६ जेष्ठ १० गते निधन भएको थियो । नेश्नल गाईड बिष्टको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारको भनाई छ ।   

ठमेलस्थित हिमालयनस्क्रिट ट्रेकबाट विष्टलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मि. फिट मा उनलाई छोडेर शेर्पा गाइर्डको साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो । उनकी दिदी भन्छिन्, ‘फर्किने क्रममा १०० मि. अगाडि भएको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा विष्टको अक्सिन सम्म नभएको बुझियो ।”   

पोस्टमार्टम रिपोर्टमा हाई अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारको भनाइ छ ।   

विष्टले गत वर्ष मात्र ८००० मि.फिट आरोहण गरेर आएका थिए । १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका स्व. विष्ट लडेर मरेको भन्ने कुरा परिवारजनहरुलाई स्वीकार गर्न कठिन भएको देखिन्छ । विष्ट इन्टरनेस्नल माउटेन गाईडको प्रमाणपत्र प्राप्त गर्ने क्रममा थिए ।   

गाइड बिष्ट सुदूरपश्चिमका स्थायी बासिन्दा हुन् । बिष्टको २२ वर्षकी श्रीमती र १६ महिनाको बच्चा छ । रुकुमको सिस्ने हिमाल आरोहण गर्ने पहिलो टिममध्ये बिष्ट पनि एक थिए । मुस्ताङमा सञ्चालन भएको स्केटिङ्गमा पनि बिष्टको योगदान रहेको छ ।   

उनकी दिदी उषा विष्ट पनि हिमाल आरोही हुन् । आरोहणको अनुभवी उषाको पदयात्रालाई पछ्याउँदै भाई ध्रुव विष्टले यस क्षेत्रमा प्रवेश गरेका थिए ।   

सरकारले पर्यटकहरुद्धारा आरोहण अनुमतिका लागि प्रतिव्यक्ति दश देखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहणबापत पर्यटकले नै गाईडलाई एक हजार डलर दिने गरेका छन् । सरकारले शेर्पा गाईडलाई केही दिने गरेको छैन ।   

यदि शेर्पा गाईडको निधन भएमा सरकारले मृतकको परिवारलाई पन्ध्र लाख रुपैयाँ सहयोग दिने गरेको छ । कार्यक्रममा ध्रुबका दाजु कुमार विष्टले पनि आफ्नो भाईको मृत्यु रहस्यमयी भएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *