कास्कीमा तिब्बतीलाई छोरी बनाएर नागरिकता लिने गिरोह पक्राउ, बाजुरामा फर्जी नागरिकता बनाउन वडाध्यक्षकै मिलेमतो
साउन २७, कास्की। झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन्।
तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापासहित नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासले जनाएको छ।
null
छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई दिदीवहिनी पनि छन्। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
कान्तिपुरदेनिकमै वडाध्यक्षको मिलेमतोमा फर्जी नागरिकता शीर्षकमा अर्को समाचार । जाजरकोट जिल्ला प्रशासन कार्यालयले एक व्यक्तीलाई कानुनविपरीत नागरिकता उपलब्ध गराएको खुलेको छ ।
प्रशाशनले जाजरकोट जिल्लामा बसोबास तथा वंशजको नाता सम्बन्ध नभएको दाङ घर बताउने कमल पुनलाई नागरिकता दिएको हो । नलगाड नागरपालिका २ का वडाध्यक्ष रामकुमार जैसीको सिफारिसमा नागरिकता उपलब्ध गराइएको हो ।