गर्भवती बुहारीको हत्या आरोपमा सासु र ससुरा पक्राउ

 

साउन २२, सप्तरी । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको छ । 

null

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले घाँटी थिचेर रञ्जदेवीको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि वढाइएको बताए । 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति उनको मृत्यु भएको थियो । मृतकका दाजु रामसेवक यादवले मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मृतक तीन महीनाकी गर्भवती समेत रहेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *