पाकिस्तानले भारतसँग तोड्यो व्यापारिक सम्बन्ध, राजदूत पनि फिर्ता

 

साउन २३, काठमाडौं । भारत प्रशासित काश्मीरमा अनुच्छेद ३७० खारेज गरेपछि पाकिस्तानले भारतसँग कुटनीतिक सम्बन्ध सीमित गर्ने र दुईपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । 

प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग दुईपक्षीय व्यापारिक सम्बन्ध निलम्बित गर्ने निर्णय गरेको हो । उक्त बैठकमा विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री समेत सेना र गुप्तचर एजेन्सीका अधिकारीहरु पनि उपस्थित थिए । 

null

राष्ट्रिय सुरक्षा समितिद्वारा जारी विज्ञप्ति अनुसार, ‘बैठकमा कश्मीरको स्वायत्ततामाथि भारत सरकारको एकतर्फी र गैरकानूनी कारवाहीबाट पैदा भएको परिस्थितीबारे चर्चा भयो । बैठकमा भारत प्रशासित जम्मू–कश्मीर र नियन्त्रण रेखाको हालतबारे विचार विमर्श पनि भयो । यस बैठकमा भारतसँग कुटनीतिक सम्बन्ध सीमित गर्ने र दुईपक्षीय व्यापार निलम्बित गर्ने फैसला गरिएको छ ।’ 

एआरवाई टीभीबाट पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले दिल्लीस्थित पाकिस्तानी दूतावासबाट आफ्नो राजदूत तुरुन्तै बोलाउने निर्णय गरेका छन् । साथै इस्लामावादबाट भारतीय राजदूतलाई फिर्ता जान आग्रह गर्नेछन् । 

बैठकमा पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगष्टको कश्मीरवासीको एकता प्रदर्शित गर्ने पनि निर्णय भएकाे छ । भारतको स्वतन्त्रता दिवस १५ अगष्टका दिन भने पाकिस्तानले कालो दिनका रुपमा मनाउने छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री इमरान खानले मानवअधिकार उल्लंघनको सम्बन्धमा भारतविरुद्ध सबै कुटनीतिक च्यानलहरुको प्रयोग गर्न निर्देशन दिएका छन् । सेनालाई पनि सतर्क रहन निर्देशन दिइएको छ ।’ 

बुधबार पाकिस्तानको दुवै सदनको संयुक्त सत्रमा अनुच्छेद ३७० हटाइएको बारे निन्दा गरिएको थियो । 

भारतसँग राजनीतिक सम्बन्ध सीमित गर्ने सम्बन्धमा पाकिस्तानमा भारतको उच्च आयुक्त रहिसकेका जी पार्थसारथीले बीबीसँगको कुराकानीमा भने, ‘जब भारतको संसदमाथि हमला भयो, त्यसमा जैश–ए–मोहम्मदको संलग्नता भएको खुलेको थियो । तब भारतले पनि आफ्नो उच्चायुक्तको फिर्ता बोलाएको थियो । पाकिस्तानले पनि यस्तै गर्यो । तर पनि सम्पर्क त रहन्छ नै । यस मामिलामा पाकिस्तानले केही गर्न सकेको छैन । उसको अगाडी आर्थिक समस्या छ । जहाँसम्म संयुक्त राष्ट्रमा जाने कुरा छ, त्यो पहिले पनि जाँदै आएको छ । उनीहरुसँग अर्को विकल्प छैन ।’ 

पार्थसारथीका अनुसार, ‘इमरान खान पाकिस्तानी सेनाका एक सहायकको भूमिकामा छन्, र सेनाले जे भन्छन् त्यही गर्नेछन् । अहिलेको परिस्थितीमा सेनाले सम्झिसकेको छ कि बल प्रयोग गरेर समाधान निस्किँदैन ।’ 

भारत प्रशासित कश्मीरमा अनुच्छेद ३७० खारेज गरेपश्चात् पैदा भएको परिस्थितीलाई लिएर बुधबार दोस्रो दिन पनि राष्ट्रिय सभा र सीनेटको संयुक्त बैठक भएको थियो । 

पाकिस्तानका मानवअधिकार मन्त्री शीरीन मजारीले भने, ‘कश्मीरमा भारतले जे गरेको छ, त्यो कुनै धूर्त सरकारको युद्ध अपराज जतिकै छ । भारतको यस्तो कार्यका कारण पाकिस्तानी नागरिकले भारतको सरकारलाई धूर्त सरकार भन्छन् । । कश्मीरको विवादित क्षेत्र घोषित गर्नेले संयुक्त राष्ट्रकोे प्रस्तावको उल्लंघन गरेको छन् । भारत जे गरिरहेको छ, त्यो स्पष्ट रुपमा जातीय सफाइ र नरसंहार हो ।’ 

त्यस्तै पाकिस्तानी पीपुल्स पार्टीका सीनेटर राजा रब्बानीले मोदीले हिन्दूका लागि कश्मीरको कश्मीरीबाट जीतेको बताए । त्यस्तै पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीले भने, ‘कश्मीरमा जे भयो त्यो पूर्वी पाकिस्तान त्रासदी जस्तै छ ।’ 

त्यस्तै पाकिस्तान मुस्लिम लीगका नेता ख्वाजा आसिफले इमरान खानको संयुक्त सत्रको पहिलो सत्रका दिन दिएका भाषणलाई निशाना बनाउँदै भने, ‘इतिहास पढ्नु मात्रै पर्याप्त हुँदैन, इतिहासबाट पनि सिक्नुपर्छ । हामीलाई यो नभन्नु कि इतिहासमा के भयो, हामीलाई यो बताउनुस् कि भविष्यमा के हुनेवाला छ ।’ 

यसैबीच पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एक करिडोर पनि बन्द गरिदिएको छ । योसँगै भारतीय उडानको १२ मिनेट ज्यादा समय लाग्नेछ । 

अधिकारीका अनुसार हवाई क्षेत्र बन्द भएपछि उडान दोस्रो रुटबाट हुनेछ । यद्यपी यसले भारतलाई ज्यादा नोक्सान हुनेछैन । यो भन्दा अघि पनि बालाकोट एयरस्ट्राइक पश्चात् पाकिस्तानले २६ फ्रेबुअरीदेखि आफ्नो हवाई मार्ग बन्द गरिदिएको थियो र १६ जुलाईमा खोलिदिएको थियो । े 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *