चीनले दियो रसुवा प्रहरीलाई सहयोग सामग्री
मकालु खबर
२०७६ साउन ३० गते
साउन ३०, रसुवा । रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड ९ढाला० लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् । सीमा क्षेत्रमा कार्यरत चिनियाँ सुरक्षा अधिकारीले रसुवागढीको आफ्नै भूभागबाट सामान हस्तान्तरण गरेको बताइएको छ ।
मकालु खबर
२०७६ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित