बराह ज्वेलरी इन्ड्रष्टिज २५ औं वर्षमा, अबको यात्रा समृद्ध राष्ट्र निर्माणको अभियानमा

भाद्र ४, धरान । बि।सं २०५२ सालबाट ब्यापारीक यात्रा सुरु गरेका बराह ज्वेलरी इन्ड्रष्टिज प्रा।लि। भोलीबाट २५ औं वर्ष पूरा गरेको छ । धरानमा सामान्य सुन पसलबाट सुरु भएको बराहको यात्रा २५ वर्ष पुग्दा बराहले ठूलो इन्डष्ट्रिजको रुप लिन सफल भएको छ ।   

२५ औं वार्षिकोत्सवको अवसरमा बराहले आफ्ना ग्राहकहरुलाई बिभिन्न अफर समेत ल्याएको छ । भोलि भाद्र ५ गते २५ औँ बार्षिक उत्सव भएपनि आउँदो असोज १३ गते कम्पनीले भब्यताका साथ मनाउन लागेको बराह ज्वेलरी इन्डष्ट्रिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।   

‘बराहको २५ वर्षे इतिहासमा यसलाई सबै नेपालीको मन मस्तिष्कमा बस्न योग्न बनाउन तपाई हामी सबैको योगदान छ । यसपटक २५ औं वार्षिकोत्सव विगतको भन्दा भब्यताका साथ मनाउन गइरहेका छौं ।’ बराहका धरान शाखा प्रमुख मानबहादुर दियालीले पत्रकार सम्मेलनमा भने ।   

दियालीका अनुसार बराहको २५ औ बार्षिक उत्सवको अवसरमा २०७६ साल भाद्र १ गतेदेखि १० गते सम्म बराहमा कुनैपनि सामान खरीदमा २ प्रतिशत देखी ५० प्रतिशत सम्मको छुटको समेत व्यवस्था गरीएको छ । आफ्ना सदस्यहरु र नियमित उपभोक्तालाई लक्षित गरी यो योजना ल्याइएको हो । 

यस अवसरमा उपभोक्ताहरुले धरान स्थित बराह डिपार्टमेन्ट स्टोर, इन्द्रेश्वर फेन्सी स्टोर, बराह, बराह फेमेली सेवामा यी छुटहरु प्राप्त गर्न सक्छन् ।   

२५ वर्ष अघि स्वर्गिय इन्द्रबहादुर लामिछानेले सुरु गरेको बराह ज्वेलरीले अहिले ज्वेलरीसँगै, डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था, ईन्द्र बराह ट्राभल्स एण्ड टुर्स, बराह रेमिट, बराह बाल संसार, इन्द्रेश्वर फेन्सी स्टोर, बराह कृषि उपज तथा पशुपालन र बराह फेमली रेष्टुरेन्ट समेत सञ्चालन गरीरहेको छ ।   

यसैगरी सामाजिक कार्यअन्र्तगत बराहबाट खानेपानी ढुवानी सेवा, नियमित रुपमा रक्तदान लगायतका बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । त्यस्तै काठमाडौंमा अभिमत बचत तथा ऋण सहकारी, बराह ज्वेलरी, न्यू बराह ज्वेलरी, बराह प्रोपटिज सर्भिस टाईम्स रेमिट समेत सञ्चालन गर्दै आइरहेको छ ।   

त्यस्तै गरी कृपादृष्य डिजिटल स्टुडियो मार्फत कृपा अनप्लग, बराह फाउण्डेशन, इन्द्र बराह एथ्नीक ग्यालेक्सी मार्फत विभिन्न ब्यावसायिक सेवा, न्यु बराह ज्वेलरी इन्ड्रष्टिज, पाटन औद्योगिक क्षेत्रमा परम्परागत तथा आधुनिक सुनचाँदीका गरगहना  प्रोडक्सन हाउस सञ्चालन गरिरहेको छ ।   

यसैगरी पोखरामा गोर्खा एण्ड बराह ज्वेलरी, गोर्खा एण्ड वराह फाउन्डेसन, गोर्खा एण्ड फेमली किचन, हेयर एण्ड व्युटि सैलुन, जिवी सैलुन सञ्चालन गरेको छ । चितवनमा नारायणी वराह ज्वेलरी र इन्द्र लामीछाने फाउन्डेशन सञ्चालन गर्दा बराहले आफ्नो यात्रालाई अन्तराष्ट्रिय तहमा समेत पुर्याउन सफल भएको छ । अहिले बराहले हङकङको जोर्डनमा इन्द्र वराह ज्वेलरी, युएइमा अल वराह मिनी मार्केट, वराह ज्वेलरी प्रोडक्सन हाउस एफजेडसीओ, युकेको अल्टरसटमा गोर्खा एण्ड वराह ज्वेलरी मार्फत परम्परागत तथा आधुनिक सुनचाँदीका नेपाली गरगहनालाई विश्वब्यापी बनाउने कार्य गरीरहेको छ ।   

पत्रकार सम्मेलनमा बोल्दै शाखा प्रमुख मानबहादुर दियालीले बराह ब्यवसायीक संस्था मात्र नभएर सामाजिक, आर्थिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि अभियान समेत भएको बताए । ‘ब्यवसायीक पाटो एउटा भएपनि हामीले यसलाई मुलुकको, समाजको समृद्धिको अंगका रुपमा लिएर गइरहेका छौं । वार्षिक रुपमा राज्यलाई करोडौं कर तिरिरहँदा हामीले समाजमा हुने विभिन्न सामाजिक कार्य र समाज रुपान्तरणलाई समेत जोड्दै अघि बढेका छौं ।’ उनले भने । 

हाल बराहमा प्रत्यक्ष अप्रत्यक्ष गरी सयौंले रोजगारी पाएको जानकारी दिँदै दियालीले बराहलाई आगामी दिनमा अझ शशक्त बनाएर लैजाने बताए । बराह प्रोडक्सन हाउसमा दक्ष जनशक्तिले उत्पादन गरेको सुनचादीको गरगहनालाई विदेशसम्म पुर्याइ विदेशी पुँजि स्वदेशमा भित्राउने र स्वदेशमा स्वरोजगारीका अवसरहरु सृजना गरी श्रम र पुँजि पलायनको अवस्थालाई रोक्ने राष्ट्रिय अभियानमा बराहले सहकार्य गर्ने दियालीको भनाइ छ । 

‘बढ्दो बेरोजगारी, दक्ष जनशक्तिको विदेश पलायन रोक्न हामी समाज र राष्ट्रसँगै मिलेर अघि बढ्न चाहन्छौं ।’ दियालीले भने ।   

२५ औं वर्ष पुरा गरेको अवसरमा बराहले व्यवसायिक उत्सवसँगै ‘भिजिट नेपाल २०२०’ को नारालाई समेत सफल बनाउन व्यवसाय विस्तार गर्ने क्रममा पर्यटकीय क्षेत्र भेडेटारमा ज्वेलरी र डिपार्टमेन्टको विक्रि कक्ष सञ्चालन भईरहेको जानकारी दियो । 

बराहले आगामी दिनमा व्यवसायिक विस्तारसँगै सामाजीक उक्तरदायित्व वहन गर्ने नयाँ कार्यक्रमहरु लागु गर्ने तथा चालु रहेका व्यवसायहरुलाई परिस्कृत परिमार्जीत गर्ने उद्घोष गरेको छ ।   

धरान स्थित बराह डिपार्टमेन्ट स्टोरबाट २०७५ श्रावण देखि २०७६ अषाढ मसान्त सम्म विभिन्न सामान खरीद गर्ने १७,२०४ जना ग्राहक मध्येबाट १० हजार भन्दा माथिको सामान खरीद गर्ने ग्राहकको संख्या १०,३०४ पुगेको छ । यो संख्या ०७४/०७५ को भन्दा ३३ प्रतिशतले बृद्धि भएको बताइएको छ ।   

त्यस्तै गत आ।व। भन्दा यस आर्थिक बर्षमा ४१ प्रतिशतले बृद्धी भएका ग्राहकलाई २०७६ भाद्र ५ गते बाट उपहार वितरण गरीने कार्यक्रम तय गरिएको छ ।   

त्यस्तै वार्षिक उत्सवको अवसरमा २० लाख भन्दा बढिको सामान खरीद गर्ने ५ जना ग्राहकलाई विशेष सम्मान समेत गरीने भएको छ भने, ५ जनाबाट लक्की ड्र मार्फत १ जना भाग्यशाली ग्राहकलाई कुमार एण्ड सन्स अटो ट्रेडर्सबाट प्रायोजीत भेस्पाको स्कुटि बम्पर उपहार प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *