उदयपुरमा नक्कली नोट सहित १५ बर्षीय किशाेर पक्राउ

 

साउन २२, विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बाट नेपाली १००० दरका नक्कली नोट सहित १५ बर्षीय किशाेरलाई प्रहरीले पक्राउ गरेको छ ।  

१ हजार दरको नेपाली नोट लिएर स्थानीय एक पसलमा किराना सामान किन्न गएका बालकले पसलमा दिएको नोट शंका लागि चेक गर्दा नक्कली जस्तो देखिएपछी किराना पसल संचालकले ईलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए । 

null

खबर प्राप्त भए लगत्तै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले स्थानीय १५ बर्षीय बालकलाई १ हजार दरका ४१ थान नक्कली नोट सहित पक्राउ गरेकाे हो । नक्कली नोट सहित पक्राउ परेका बालकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *