उपत्यकामा गाईजात्रामा देखियाे यस्ताे दृश्यहरू

साउन ३१, काठमाडाैँ ।  परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पर्व हरेक वर्ष भाद्रकृष्ण प्रतिपदा वा जनैपूर्णिमाको भोलिपल्ट मनाईन्छ ।   

काठमाडौ उपत्यकालगायत मुलुकका प्रमुख शहरमा  गाईजात्रा पर्व मनाउने चलन परम्परा देखी रही आएको छ ।   

नेवार समुदायमा सायाः (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईलाई सिंगारी वा मानिसले गाईको प्रतीकयुक्त वस्तु लगाई टोलटोलमा परिक्रमा गराएर गाईजात्रा मनाउने प्रचलन परम्परा देखी नै छ  ।   

आजको दिन त्यसरी  सिँगारीएका गाई वा व्यक्तिहरुलाई आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । हेराैँ साेही गाईजात्रामा आज उपत्यका देखिएका केही दृश्यहरु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *