पुरुष बास्केटलबल खेलाडी गर्भवती भएपछी खेल्न प्रतिबन्ध (भिडियाे सहित)

 

साउन २२, अमेरिका ।  अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ । 

अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्तो हर्मोन हो जुन पाठेघरले गर्भावस्थाका बेला निष्कासन गर्छ । 

null

यस्तो अचम्मको घटनाको प्रशंसा गर्नुको साटो एफआईबीएले उनले आफ्नो भनेर गर्भवती छु भनेर थाहा नभएकी महिलाको पिसाब दिएको अनुमान गरेको छ । त्यसकारण उनीहरुले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएका छन् । 

डिजेले गत वर्षको सेप्टेम्बरमा आफूले एएस मोनाकोसँगको सहकार्य समाप्त गरेको घोषणा गरेका थिए । युरोपियन बास्केटबल क्लबमा त्यतिबेला अत्यधिक चर्चित भएपनि उनले पारिवारिक कारणले क्लब छोड्नुपरेको बताएका थिए । 

स्लोभेनियाको मिडियाले कुपरले आफ्नी प्रेमिकाको पिसाब दिएको दाबी गरेको छ । त्यतिबेला यी दुईलाई उनी गर्भवती भएको थाहा नभएको बताइन्छ । एफआईबीएले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ । यद्यपि, कुपरले सन् २०२० को जुन २४ पछि मात्र खेल्न अनुमती पाएको पुष्टि भएको छ । एजेन्सी 

भिडियाे हेर्नुस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *