प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब सार्वजनिक

भाद्र ११, काठमाडौं । अर्थ मन्त्रालयले भाद्र ४ को निर्णय अनुसार साउन १ देखि लागू हुने गरी  प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिव सम्मको नयाँ तलब सार्वजनिक गरेको छ ।   

निर्णयअनुसार नयाँ तलबमान अर्थ मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले मंगलबार सार्वजनिक गरेको हो। 

जस अनुसार सार्वजनिक गरिएकाे नयाँ तलवमा प्रधान न्यायाधीशको मासिक तलब ८६ हजार ९ सय ५० रुपैयाँ ताेकिएकाे छ । त्यस्तै न्यायाधीशको ७१ हजार ९ सय ५०, महान्यायाधिवक्ताको ७१ हजार ९५० र न्यायपरिषद्का सदस्यको ७१ हजार ९ सय ५० रुपैयाँ तलब तोकिएको छ । 

प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब तोकियो

यसैगरी  संवैधानिक निकायका प्रमुख पदाधिकारी र पदाधिकारीको तलबसमेत तोकिएको छ । जसअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारीको तलब ६८ हजार १८० र पदाधिकारीको ६४ हजार ४२० रुपैयाँ तोकिएको छ ।   

उच्च अदालतका मुख्य न्यायाधीशको ६८ हजार १८० र उच्च अदालतका न्यायाधीशको ६४ हजार ४२० रुपैयाँ तलब तोकिएको हाे । 

यसअघि साउनमै अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरिसकेको छ। सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब सार्वजनिक गरेको थियो। 

सार्वजनिक नयाँ तलबको सूची यस्तो छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *